१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस नेता सिकन्दरको निधन

नेपाली कांग्रेसका पुराना नेता सिकन्दरकुमार गुरुङ (भोज) को निधन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र गुरुङको आईतबार निधन भएको हो। रगत पातलो हुने हेपापाइटिस रोगबाट ग्रसित उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस प्रचार विभाग सदस्य राजबहादुर गुरुङले जानकारी दिए।

‘महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त’

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल गोष्ठीमा शीर्ष नेताहरूले सरकारले गरेको भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्।

गतिहीन कांग्रेस

के नेपाली कांग्रेसमा बिपीले भनेजस्तै अहिले सुकिलामुकिला र पैसावालाहरू मात्र हावी भएका हुन् त ? ‘सुकिलामुकिला धेरै छन्, अरूहरू पनि छन् त्यस्तै,’ कांग्रेस महामन्त्री तथा बिपीपुत्र शशांक कोइराला भन्छन्, ‘तर सुकिलामुकिला नै धेरै हावी भएका छन्।’

रेल्वे ठेक्का विवाद: सभापति मौन, कांग्रेस कार्यकर्ता विरोधमा

यो ठेक्कामा कांग्रेस समर्थक एक दर्जनभन्दा बढी निर्माण व्यवसायी मिलेका छन्। उनीहरुले सभापति देउवाको समर्थन लिएकाले उनी बोल्न नसकेको आरोप लाग्दै आएको छ।

कांग्रेसमा कलह चर्किंदै

कोरोनाको बढ्दो संक्रमणसँगै कांग्रेसभित्रको आन्तरिक विवादले महाधिवेशनको कार्यतालिका पूर्ण रूपमा प्रभावित भएको छ।

नीतिभन्दा नेताकेन्द्रित

पार्टीको मुख्य नेतृत्वका आकांक्षीहरूमा मात्र होइन, दोस्रो र युवा पुस्तासहित तल्लो तहसम्मका नेता–कार्यकर्तामा पनि व्यक्ति र गुटकेन्द्रित बहस तीव्र भएको छ । कांग्रेसलाई पुनर्ताजगी दिने नीति, कार्यक्रम र योजना भने कसैले अघि सारेको अवस्था छैन ।

सभापति पद कसैले छाडेर होइन, जितेर लिन चाहन्छु

पहिलो, धर्म निरपेक्षताको परिभाषा गर्दै सनातनदेखी चलिआएको धर्म संस्कृतिको रक्षा गर्ने भनेको छ। दोस्रो, गाई हाम्रो राष्ट्रिय जनावर भनेर किटान गरेको छ। तेस्रो, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँन पाइँदैन यसो गरेमा दण्डित गरिनेछ भनेर भनिएको छ। अब हामी संविधानमा उल्लेख भएका कुरालाई टेकेर अगाडि बढ्ने हो।

पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह

नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा संघको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक भर्चुअल अन्तक्रियामा उनले कांग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताएका हुन् ।

युवा नेतृत्वको आह्वान

यतिखेर नेपालका दुई ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस महाधिवेशनको कसरतमा छन्। तर दुवै दलमा नेतृत्वको दाबी गर्नेमा भने ज्येष्ठ उमेर र विगतमा नेतृत्व गरेर परीक्षण भइसकेका नेता नै देखिन्छन्।

दबाबमा देउवा, निधिले भने– सभापतिमा सघाउनुस्

निधिले महाधिवेशनबाट पार्टी सभापति बन्न आफूलाई सहयोग गर्न देउवासमक्ष प्रस्ताव राखेका छन्। यस्तै प्रस्ताव उनले नेता रामचन्द्र पौडेलसमक्ष पनि राखेका छन्।

विभाग गठनमा १२ नेताको असन्तुष्टि

नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको जनाउँदै सभापति शेरबहादुर देउवाले हालै गठन गरेका विभाग खारेज गर्न माग गरेका छन् ।

भटाभट विभाग गठन गर्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पाँच विभाग गठन गर्नुका साथै १२ विभाग विस्तार गरेका छन् । नेता रामचन्द्र पौडेलसहित इतर पक्षले विभाग गठन र विस्तार नगर्न पटकपटक गरेको आग्रहविपरित देउवाले आइतबार र सोमबार गरी विभागहरू गठन तथा विस्तार गरेका हुन् ।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन्।

अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसमा जुटेन सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहबीच पार्टीका विभिन्न निकायलाई पूर्णता दिने कि नदिने भन्नेमा सहमति जुट्न सकेन । पार्टीका विभाग गठन गर्ने विषयमा दुई पक्षबीचको विवाद सतहमा आएपछि सभापति देउवाले बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सहमतिको प्रयास गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्