७ वैशाख २०८१ शुक्रबार

घुम्टोभन्दा मास्क जरुरी छ: मण्डल

जनकपुरका लक्ष्मण मण्डलले मिथिला चित्र बनाउन थालेको ३ दशकभन्दा बढी भइसक्यो । डेढ दशकदेखि त उनी काठमाडौंमै बसेर कला बनाउँदै यसको प्रवद्र्धनमा लागेका छन् ।

ट्रेण्डमा ‘नो मेकअप’

बदलिंदो समयसंगै सौन्दर्यको क्षेत्रमा पनि धेरै फेरबदल भएको पाइन्छ । समयसँगै महिलाले गर्ने मेकअपको तौरतरिकामा र मेकअप उत्पादनको छनौटमा पनि परिवर्तन भएको देखिन्छ । व्यस्त जीवनशैलीसंगै सौन्र्दयलाई पनि मध्यनजर गर्दै मेकअपको शैलीमा परिवर्तन आएको सौन्र्दयकर्मी बताउँछन् । बजारमा आएको मेकअपको नयाँ ट्रेण्डको विषयमा सौन्र्दयविज्ञ एवम् कट्स् एण्ड केयर स्किन डेभलपमेन्ट ट्रेनिङ् सेन्टरकी सञ्चालक सुनिता बादेसँग गरेको कुराकानीका आधारमा तयार पारिएको छ ।

टिपर चालकलाई स्वास्थ्य सामाग्री वितरण

उक्त निर्णय कार्यान्वयन भएसँगै जिल्लाको अरनिको र वि.पी राजमार्ग हुदैँ निर्माण साम्रगी ढुवानी साधन बढि मात्रामा गुड्न थालेपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले ट्रिपर चालकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै (अपडेट)

उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।

खयर भारानीका सेवक

बेलायतमा आवासीय सुविधा पाएका एक जना गोर्खा सैनिकले रिटायर्ड लाइफमा जन्मथलोको विकासमा पु-याएको योगदान अनुकरणीय छ । म्याग्दीको पाउद्वार गाउँका राजु पुनको अगुवाइमा खयर भारानी क्षेत्रको कायाकल्प भैसकेको छ । ६८ वर्षको उमेरमा पनि तन्नेरी जोश निकालेर उनी खयर पदमार्गको पूर्वाधार विकासमा क्रियाशील छन् ।

महामारी मीमांसा र प्रकृति–पुस्तक

अजीव यो छ, यस प्रकृतिमा प्राणीका लागि विष पनि छन् र औषधि पनि। कुन विष हो, कुन औषधि ? परीक्षण गर्ने र चिन्ने विवेक मान्छेसँग छ। तर, मानिसले आफ्नो इतिहासमा विषाणुको महामारी झेल्दै आयो र झेलिरहेछ। यसका थुप्रै उदाहरण र संकेत हामीसँग छन्।

ताकमकोट मुस्कुराइराख है !

हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेका बेला ताकम जस्ता गाउँबस्तिमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउनु पर्ने हो। दुःखको कुरा भ्रमण वर्षका अभियन्ताहरूका आँखामा ताकम परेकै छैन !

धुलो र धुँवाले बिथोल्छ दैनिकी

काठमाडौं- सरकारी बेबास्ताकै कारण काठमाडौं उपत्यकाको वायु अत्यधिक प्रदूषित बनेको छ। सवारीसाधनको अत्यधिक धुवाँ र धुलोले राजधानीवासीको दैनिकी निकै कष्टकर भएको विज्ञहरूले आरोप लगाएका छन्।सडकमा अनियन्त्रित सवारी, अव्यवस्थित सडक विस्तार, जनतामैत्री विकास हुन नस

पिउँदा जोड्छ, धोक्दा तोड्छ सम्बन्ध

भक्तपुर, कमलविनायकका श्यामकृष्ण प्रजापति ६ दशकदेखि भक्तपुरमा आयोजना हुने विविध जात्रा–पर्वमा सहभागी हुँदै आएका छन्। बाल्यकालमा अभिभावकको पछि लागेर उनी जात्रामा रमाए। किशोर उमेरमा साथीभाइसँग मिलेर रथ ताने। युवा अवस्थामा भैरवको रथ हाँके, जात्राको लिंगो ठड्य

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्