१५ वैशाख २०८३ मंगलबार
image/svg+xml

सशस्त्रमा २२ महिने कमान्डरका १० चुनौती

हालका आइजिपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदै छन्। उनी अवकाशमा जाने भएपछि सरकारले सोमबार नै पौडेललाई आइजिपी बनाउने निर्णय गरेको हो। पाँच दिनअघि नै सरकारले आइजिपीको अन्योल तोडेको छ।

मेडिकल कलेज बन्ने एक दशकको सपना पूरा हुने आश

आर्थिक वर्ष २०७४/७५ मा सङ्घीय सरकारको बजेटमा सम्बोधन गरिएपछि सँगालिएको बर्दिवास मेडिकल कलेज निर्माणको सपना करिब एक दशकपछि आशलाग्दो गरी गति लिएपछि नगरक्षेत्रमा उत्साह बढेको हो।

सुकुम्बासी बस्तीमा डोजर चलाइएकोप्रति संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकको चिन्ता

काठमाडौंको बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि संयुक्त राष्ट्रसंघका आवासको अधिकार सम्बन्धी विशेष प्रतिवेदक बालकृष्णन राजगोपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

ठमेलका दुई फर्मलाई जरिवाना

अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो।

राष्ट्रिय गौरवका आयोजनाबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्दै

बैठक समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। यस्ता आयोजनाको प्रगति र चुनौतीबारे आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि समितिले छलफल गर्ने बताइएको छ।

भूमि मन्त्रालयका कार्यक्रम अब कार्यालयबाटै गर्नुपर्ने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ।

कुन प्रदेशमा कस्तो छ मंगलबारको मौसम पूर्वानुमान ?

कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भैँसी चराउन गएका बालकको मृत्यु

बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।

निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन सक्दैन: मुख्यमन्त्री बानियाँ

सरकारी राजस्वको ठूलो हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने भएकाले यस क्षेत्रको मागप्रति सरकार लचिलो हुनुपर्ने भन्दै मुख्यमन्त्री बानियाँले निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्य वृद्धिबाट परेको असरप्रति सरकार संवेदनशील रहेको बताए।

‘हेल्लो सरकार’मा उजुरी परेपछि अनुगमन, म्याद सकिएका ३० कार्टुन पेय पदार्थ बरामद

अनुगमनमा खटिएको टोलीले बिक्रीका लागि पसलमा राखिएको अवस्थामा कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायत म्याद गुज्रिएका पेय पदार्थ फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताए।

मंगलबार अमेरिकी डलर घट्यो, युरो महँगियो

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरोको भाउ भने मंगलबार उकालो लागेको छ।

वैदेशिक रोजगारीको विकल्प

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने पाँच लाख ६ हजार र पुन: श्रम स्वीकृति लिने तीन लाख ३३ हजार गरी आठ लाख ३९ हजार कामदार रहेका छन्। देशभित्रै रोजगारी सिर्जना हुने हो भने यी सबैले विदेश जानैपर्ने थिएन।

दिल्लीमाथि आरसिबीको ९ विकेटको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले घरेलु टोली दिल्ली क्यापिटल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ।

काठमाडौंमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामाग्रीसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्