११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भर्ना बन्द गरेको भन्दै नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी

पूर्वजानकारी बिनै बिद्यार्थी भर्ना बन्द गरिएको बिरोधमा नेपाल बिद्यार्थीसंघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। नेविसंघले आज क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र परीक्षा शाखामा तालाबन्दी गरेको हो।

संविधान कार्यान्वयनका लागि नेविसंघले अभियान संचालन गर्ने

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महर नेविसंघ अध्यक्ष

डडेलधुरा, भागेश्वर–९ घर भएका ४४ वर्षीय महरले विद्यार्थी राजनीतिसँगै केही समय पत्रकारितासमेत गरेका थिए। राजाको प्रत्यक्ष शासनमा तीन महिना जेल बसेका महर अहिले पनि मुलुकको शैक्षिक र राजनीतिका विषयमा कलम चलाउँदै आएका छन्।

२५ वर्षपछि नेविसंघमा कर्णालीको प्रतिनिधित्व

कर्णालीले २५ वर्षपछि नेविसंघको केन्द्रमा प्रतिनिधित्व पाएको छ। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले जुम्लाकी समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वार्वाचित गरेपछि कर्णालीले प्रतिनिधित्व पाएको हो। २५ वर्ष अगाडि सिजाका नर्मजंग हमाल र नेपाली काग्रेसका सभापति स्वर्गीय मानव सेजुलवाल निर्वाचित भएका थिए।

नेविसंघ अध्यक्षमा महर, अन्य पदमा को-को भए विजयी ?

नेविसंघ अध्यक्षमा नयन सिं महर विजयी भएका छन्। उनले १४९६ मत पाएर विजयी भएका हुन्। महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणी आचार्यले १३६५ मन प्राप्त गरेका छन्।

नेविसंघ चुनाव सुरु

नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार मतदान भएको छ। ११औं महाधिवेशन उद्घाटन भएको दस दिनपछि बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पूर्वनिर्धारित समयभन्दा झन्डै पाँच घन्टा ढिला सुरु मतदान रातिसम्म जारी छ। प्रतिनिधि विवाद सुल्भि्कएपछि नीतिगत र आन्तरिक छलफलबिनै नयाँ नेतृत्वका लागि निर्वाचन गरिएको हो।

नेविसंघको महाजात्रा

लोकतन्त्रको जप, स्तुति र भजन गर्दै र ब्यानर झुण्ड्याएर जय नेपालको अभिवादन गर्दै नेपाली कांग्रेस भएको भ्रमले लोकतन्त्रको महिमामण्डन हँुदैन । भ्रमले मानमर्दन मात्र हुन्छ।

नेविसंघको निर्वाचन बुधबार हुने

काठमाडौँ-महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ।

नेविसंघ अध्यक्षमा वचन कार्कीको उम्मेद्वारी

काठमाडौं– नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदका लागि वचन कार्कीले उम्मेद्वारी दर्ता गरेका छन्। कार्कीले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेद्वारी दिएको जानकारी दिएका हुन्। उनले आफू अध्यक्षको अहिलेसम्मकै कान्छो उम्मेद्वार भएको समेत दाबी गरे।

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो।

नेविसंघ निर्वाचन बुधबार

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने भएको छ। साता लामो प्रयासपछि सार्वजनिक प्रतिनिधिको सूचीप्रति पार्टी नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएपछि माग सम्बोधन गर्न मंगलबारका लागि तोकिएको निर्वाचन एक दिन पछि सारिएको हो।

नेविसंघको विवाद मिल्यो

नेविसंघका देखिएको विवाद समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ। दुई नेताबीच फर्जी मतदाता नामावली सच्याउने, कुनै जिल्लालाई लक्षित गरी थप गरिएका प्रतिनिधिलाई रद्दगर्नेलगायत सहमति भएको हो।

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

रामचन्द्र पौडेल पक्षको चुनाब हुन नदिने चेतावनीबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको हो।

नेविसंघ महाधिवेशन नरोकिने, मंगलबार चुनाब

नेविसंघ महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशक समितिका संयोजक डा.प्रकाश शरण महतले महाधिवेशन कुनै हालतमा पनि नरोकिने र मंगलबार चुनाब हुने बताएका छन्। मचन्द्र पौडेल समूहले भागबण्डामा सहभागिताको बखेडा झिकेर चुनाबी प्रक्रिया रोक्न माग गर्दै आएको छ। यसै सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक महतले भने, 'कुनै हालतमा पनि महाधिवेशन रोकिँदैन। पर्सी मंगलबार चुनाब हुन्छ।'

नेविसंघ कार्यकर्ता झडपमा उत्रिए, एक प्रहरी घाइते

नेविसंघ महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर रामचन्द्र पौडेल समूहले बखेडा झिकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ। नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्