४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयनका लागि नेविसंघले अभियान संचालन गर्ने

काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ११औं महाधिवेशनपछि बसेको बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै संघले कामेश्वर, कुशेश्वरको स्मृति दिवसको अवसर पारेर धनुषाको यदुकुवाबाट राष्ट्रव्यापी दवाव तथा जागरण अभियान सञ्चालन गर्ने जनाएको हो।

संविधानको सफल कार्यान्वयनका असन्तुष्ट पक्षका जायज मागहरु सम्बोधन गर्नु पर्ने जनाउँदै संघले सबैको स्वामित्व सुनिश्चित गर्नपनि आग्रह गरेको छ। शिक्षा क्षेत्रमा हुने गरेको भागबन्डा अन्त्य गर्न माग गर्दै संघले उच्च स्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको छ।

‘शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको असमान शिक्षा, व्यापारिकरण पदाधिकारी नियुक्तीमा देखिएको भागबन्डा, शैक्षिक क्यालेन्डरको अस्तव्यस्थतालाई अन्त्य गर्न सरोकारवाल र सबैको सहभागितामा उच्च स्तरीय शिक्षा आयोग गठन गर्न पहलकदमी लिने,’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, १६ वर्षभन्दा तलका बालबालिकालाई संघको सदस्यता वितरण नगर्ने जनाउँदै संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउनका लागि अग्रसरता लिने निर्णय गरेको छ । संघको महाधिवेशन दुई वर्षभित्रै सम्पन्न गर्न तत्काल सांगठनीक क्यालेन्डर बनाउने पनि निर्णय गरेको छ । त्यसका लागि संघले विभिन्न समितिहरु गठन गरेको जनाएको छ ।

 

प्रकाशित: १५ भाद्र २०७३ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App