११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेविसंघ विवाद उत्कर्षमा, पौडेल पक्षले मतदानमा भाग नलिने

सभापति शेरबहादुर देउवा पक्षले फर्जी मतदाता थप गरेको भन्दै नेविसंघको जारी महाधिवेशनमा नेता रामचन्द्र पौडेल पक्षधरले भाग नलिने भएको छ। आफू अनुकुल फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने भएको हो।

नेविसंघ प्रतिनिधि टुंगो

नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिहरुको सूची सार्वजनीक भएको छ। विवादकाबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले शनिबार राती प्रतिनिधिहरुको सूची सार्वजनीक गरेको हो।

नेविसंघ र नेपाली राजनीति

नेविसंघका तरुणहरु सामने उभिएको प्रमुख चुनौती भनेकै 'जय नेपाल दाजु!' भनेर साखुल्ले बन्दै पदीय हैसियत बढाउने कि आफ्नो विवेकको वैचारिक अभ्यास गरेर वैकल्पिक नेतामा आफूलाई विकास गर्ने भन्ने हो।

लम्बियो नेविसंघ महाधिवेशन

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयार नहुँदा नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र अझै सुरु हुन सकेन। भागबन्डाका आधारमा प्रतिनिधि टुंगो लगाइए पनि बिहीबार साँझसम्म कुनै पनि पक्षले सूची उपलब्ध नगराएपछि महाधिवेशन लम्बिएको हो।

नेविसंघमा भागबन्डा मिल्यो

नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि विवाद भागबन्डाका आधारमा टुंगो लागेको छ। महाधिवेशन उद्घाटन भएको तीन दिनपछि मंगलबार राति पार्टी निर्देशक समितिले प्रतिनिधि विवाद टुंगो लगाएको हो।

नेविसंघका विद्यार्थी नेता सापकोटा र ढुङ्गेलको अनशन तोडियो

काठमाडौं– विधानसम्मत महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र रामेछाप जिल्ला पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेलले बुधबार अनशन तोडेका छन्।

नेविसंघको विवाद मिल्यो

काठमाडौं- नेपाल विद्यार्थी संघको विवाद मिलेको छ। प्रतिनिधि छनौटमा रहेको विवाद मध्यरातमा निर्देशक समितिले टुंग्याएको हो।

अनसनरत नेविसंघ नेताकाे स्थिति गम्भीर, स्लाइनपानी चढ्न छोड्यो

विधिवत महाधिवेशनको माग गर्दै ११ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको स्वास्थ्य गम्भीर भएको छ। शरीरमा स्लाइनपानी चढ्न छोडेको छ भने पिशाब फेर्न समस्या भइरहेको छ।

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोडल अस्पताल पुगेर आमरण अनसन बसिरहेका नेविसंघ नेताहरु गणेश सापकोटा र नेविसंघ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुंगेलसँग भेट गरेका छन्।

अनसनबीच नेविसंघ महाधिवेशन सुरु

नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्‌घाटन गरेका छन्। अनसन र विवादकाबीच नेपाली कांग्रेसको विद्यार्थी संगठनको चुनाबी महाधिवेशन सुरु भएको हो।

नेविसंघका भावी चुनौती

नेपाल विद्यार्थी संघको एघारौं राष्ट्रिय महाधिवेशन 'समृद्ध नेपाल निर्माणका लागि संघीय लोकतान्त्रिक संविधान कार्यान्वयन, गुणस्तरीय र रोजगारमूलक शिक्षाका निम्ति नेविसंघको एघारौंँ राष्ट्रिय महाधिवेशन' भन्ने मूल नाराका साथ साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशन जतिजति नजिकिँदैछ, उतिउति नयाँ नेतृत्वको होड पनि चलिरहेको छ।

नौ वर्षपछि नेविसंघ महाधिवेशन, आज उद्‍घाटन

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आइतबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। संघको नेतृत्व आफ्नो पक्षमा पार्ने पार्टी नेतृत्वको होडका कारण नौ वर्षपछि हुन लागेको महाधिवेशन सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे विशेष समारोहबीच उद्घाटन गर्ने छन्।

नेविसंघ महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। देशभरबाट करि ३ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन यही साउन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेविसंघ महामन्त्रीका प्रत्यासीको उम्मेद्ववारी घोषणा

नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेशनका महामन्त्रीका प्रत्यासीले आँफू निर्वाचित भए नेविसंघलाई अनुशासन र मर्यादासहितको गतिशिल विद्यार्थी संगठन बनाउने दाबी गरेका छन्।

नेविसंघ महाधिवेशन गर्न समिति

नेपाली कांग्रेसले प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले सोमबार पार्टी नेतासँग परामर्ष गरी केन्द्रीय सदस्यहरू किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्