नेविसंघ सिरहामा विवाद
नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ।
नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ।
नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा र्याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो।
भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।
नेपाल विद्यार्थी संघले काठमाडौं जिल्लाको निषेधित क्षेत्र हटाउन माग गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो।
नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन्।नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिइएकाे हो।
विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठक्कर दिएको र उपचारको क्रममा उनको निधन भएपछि नेविसंघको नेतृत्वमा बिहानैदेखि क्याम्पसमा प्रदर्शन भइरहेको छ
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वीरगञ्जमा भारतले मिचेको सीमा क्षेत्रमा राष्ट्रिय झण्डासहित अवलोकन गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ। संघले शुक्रबार राजधानीमा बृहत दबाब -याली निकाल्दै वीरगञ्जमा सीमासम्बन्धि विवाद सुल्झाउन, विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा, त्रिविको शुल्क वृद्धि फिर्ता, शैक्षिक बेरोजगार भत्ता र सबै स्थानीय तहमा सरकारी स्वामित्वमा प्राविधिक शिक्षालय लगायतका माग पूरा गर्न माग गरेको हो।
नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको लागि सरकारलाई दबाब दिन बुधबारदेखि त्रिभुवन विश्व विद्यालयसहित देशरभरका सम्पूर्ण शैक्षिक संस्थाबाट विद्यार्थीहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।
युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।
नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ। नेविसंघले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो।
नेपाल विधार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज कुमार थापा नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। संयूक्त राष्ट्र संघको सष्टेनेवल डेभलपमेन्ट गोल अन्र्तगत समर युथ एसेम्भलीमा सहभागी हुन आउने क्रममा नेपालमा बढी पीडितका लागि सहयोग गर्न प्रस्ताव गरेको अध्यक्ष नैनसिह महरले बताए।
स्याङजाको फेँदीखोलास्थित सिद्धार्थ क्याम्पसमा नेवीसंघको तर्फबाट सभापतिको उम्मेद्वार बनेकी २० वर्षीया रीमा क्षेत्रीको शव भेटिएको छ।
द्रब्यशाह बहुमुखी क्याम्पस गोरखामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। अखिल क्रान्तिकारीका मनोज राना मगरलाई ३ मत अन्तरले पछि पार्दै नेपाल विद्यार्थी संघका प्रविण बस्नेत सभापतिमा विजयी बनेका हुन्।
सिंजा बहुमुखी क्याम्पस, धाँपा जुम्लाको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अमरसिंह खत्री सर्वसम्मत अध्यक्ष चुनिएका छन्। सबै विद्यार्थी संगठनहरुको सहमतिमा खत्री सभापति बनेको निर्वाचन अधिकृत नविन शर्माले जनाकारी दिए।