४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन परिणामको समीक्षा गर्न नेविसंघको माग

काठमाडौं – नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ।

नेविसंघले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो।

नेविसंघका कोषाध्यक्ष शिव रिमालले पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कमजोर नतिजा आउनुको नैतिक जिम्मेवारी कसले लिने, पार्टीभित्र समीक्षा बैठक हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षणका लागि मौन विरोध गरिएको जानकारी दिए।

‘पार्टीले कमजोर नतिजा ल्याएकोमा पार्टीभित्र गम्भीर समीक्षा हुनुप-यो, यसका लागि तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने हाम्रो माग हो’- उनले भने।

विरोध सभामा नेविसंघका केन्द्रीय सदस्य सुशील तिमल्सिना, अनिलकुमार शाही, अर्जुन बम, पुजन गन्र्धव, सुनिता पोख्रेल, पुनम लामा, एलिजा ढकालका साथै उपत्यकाभित्रका विभिन्न क्याम्पसका अध्यक्ष तथा स्ववियू सभापतिको सहभागिता थियो। रासस

प्रकाशित: २० पुस २०७४ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App