१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप नेपालमा सुरु, नेपालका आठ जना सहभागी

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सुरु भएको हो ।  

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र मालदिभ्स सहभागी छन् । नेपालबाट चार पुरुष र चार महिला गरी ८ जनाले प्रतिस्पर्धा गर्नेछन् ।  

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा समूह विजेताले आगामी वर्षको सेप्टेम्बरमा इंल्यान्डमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा स्थान पक्का गर्नेछ ।

प्रकाशित: १४ श्रावण २०८२ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App