२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
खेल

विश्वकप विजेता फाबियो बने उब्जेकिस्तानको मुख्य प्रशिक्षक

विश्वकप विजेता इटालीका कप्तान फाबियो कानभारो उज्बेकिस्तान राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएको मध्य एसियन फुटबल एसोसिएसन राष्ट्रले जनाएको छ। 

दुई पल्ट बालोन डिओरको विजेतासमेत फाबियोले कुनै पनि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दोस्रो पटक पाएका हुन्।  उनले चीनको राष्ट्रिय टोली पनि समालेका थिए।  चीनको प्रशिक्षकका रूपमा दुई खेलमा हार बेहोरका फाबियो सन् २०१९ को सुरुआतमा नै जिम्मेवारीबाट हटे।  उज्बेकिस्तान फुटबल एसोसिएसनले आफ्नो सामाजिक सञ्जालमार्पmत विश्वकप विजेता इटालीका कप्तान फाबियो कानभारोलाई सोमबार उज्बेकिस्तान राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हो।  

‘उज्बेकिस्तान फुटबल एसोसिएसनले फाबियो कामभारोसँग सम्झौतामा हस्ताक्षर गरेको छ।  चार पल्ट विश्वकप खेलेका र आफ्नो समयका उत्कृष्ट डिफेन्डर कानभारो अब उज्बेकिस्तानको प्रशिक्षक बनेका छन्।  उनी सन् २००६ को विश्वकप विजेता पनि हुन्,’ उज्बेकिस्तान फुटबल एसोसिएसनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको छ। 

उक्त पोस्टलाई कानभारोले पनि सेयर गरेका छन्।  इटालियन प्रशिक्षक फाबियोको प्रशिक्षणमा उज्बेकिस्तानले आगामी विश्वकपको तयारी सुरु गर्नेछ।  उज्बेकिस्तानले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा स्थान बनाइसकेको छ।  पहिलोपल्ट उज्बेकिस्तानले विश्वकप खेल्न लागेको हो।  टिमुर कापाड्जेको नेतृत्वमा उज्बेकिस्तानले विश्वकपमा छनोटको सफलता चुमेको थियो।  अब उनी कानभारोको सहयोगीका रूपमा काम गर्न सक्ने चर्चा छ।  फाबियो कानभारोले इटालियन क्लब पार्मा र युभेन्टसलाई इटालियन सिरी ‘ए’ को उपाधिसमेत दिलाएका थिए।  पछि उनी रियाल मड्रिडमा पनि पुगे। 

त्यहाँ पनि उनले मड्रिडलाई ला लिगाको उपाधि दिलाए।  त्यसपछि युभेन्ट्स नै फर्किएका थिए।  उनको दुबईको फुटबलमा रहेर करियरको अन्त्य गरेका हुन्।  उनले प्रशिक्षकका रूपमा चीन, साउदी अरेबिया र क्रोएसियासँगै घरेलु भूमिमा पनि काम गरिसकेका छन्।  उनले आफ्नो प्रशिक्षणमा ग्वाङ्झाउ इभरग्रान्डलाई सन् २०१९ को चाइनिज सुपर लिगको उपाधि दिलाएका थिए।  सोही वर्ष उनी चीनको प्रशिक्षण समाल्न पुगेका हुन्। 

प्रकाशित: २१ आश्विन २०८२ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App