आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
ओमानको मस्कटनमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ।
नेपालले लिग चरणमा जापानविरुद्ध मैदान उतारेको टोलीलाई नै निरन्तरता दिएको छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेइङ सेटमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र विकेट किपरमा आसिफ शेख छन् । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी र नन्दन यादव नेपालको प्लेइङ सेटमा परेका छन् ।

प्रकाशित: २६ आश्विन २०८२ १६:०३ आइतबार





