ओमान जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया छनोटमा नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
मस्कटमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो। खेल अहिले ८ः४५ बजे सुरु हुनेछ।
नेपाल र ओमान यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् । आजको खेलको विजेता जारी छनोट प्रतियोगितामा शीर्ष स्थानमा पुग्नेछ ।
छनोटमा आजै भएका अन्य खेलमा युएईले सामोअलाई ७७ रनले र कतारले जापानलाई ३ विकेटले पराजित गरे ।
प्रकाशित: २९ आश्विन २०८२ २०:३१ बुधबार





