आईसीसी विश्वकप लिग २ अन्तर्गत संयुक्त अबर इमिरेटस् (युएई)ले ओमानलाई २५ रनले पराजित गरेको छ।
सोमबार त्रिवि क्रिकेट मैदानमा युएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमान अलआउट हुँदै २४३ रनमा सीमित भयो।ओमानको लागि विनायक शुक्लाले अर्धशतकीय पारी खेले। उनी ५८ रन सहित नटआउट रहे।
त्यस्तै, कप्तान जतिन्द्र सिहंले ४६ रन बनाए। ३५ बलको सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरे। युएईको लागि अजय कुमारले ६ विकेट लिए।
त्यसअघि टस हारेर पहिला व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो। युएईको लागि आर्यन्स शर्माले शतक प्रहार गरे। १२५ बलको सानमा गरेका उनी १०५ रन बनाउँदै आउट हुन पुगे। सो क्रममा उनले १० चौका र २ छक्का हिर्काए।
त्यस्तै, युएईका कप्तान मुहम्मद वासिम ३ रनमै समेटिए। ओमानको लागि साह फैसलले ३ विकेट लिए।
यसअघि युएई घरेलु टोली नेपालसँग ३७ रनले पराजित भएको थियो।
प्रकाशित: १४ वैशाख २०८३ १८:०१ सोमबार





