आइसिसी विश्वकप लिग २ क्रिकेटमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाविरुद्ध नेपालले कसिलो बलिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८ ओभरको खेल सकिँदा अमेरिकाले ४ विकेटको क्षतिमा ८४ रन बनाएको छ। ओपनर स्मिथ पटेल सोमपाल कामीको बलमा पहिलो ओभरमा शुन्य रनमा आउट भए। शायन जहन्गिरलाई सन्दीप लामिछानेले २७ रनमा क्याच आउट गराए भने शेहन जयसूर्या २६ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए।
मिलिन्द कुमारलाई लामिछानेले १२ रनमा एलबीडब्लू धरापमा पारे।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१८ रन बनाएको थियो।
नेपालका लागि इशान पाण्डे ८४ र दीपेन्द्र सिंह ऐरीले ५९ रन बनाए।
स्कटल्यान्डसमेत सहभागी जारी सिरिजमा नेपाल र स्कटल्यान्डले दुई दुई तथा अमेरिकाले एक खेल जितेका छन्।
प्रकाशित: ८ जेष्ठ २०८३ १५:३५ शुक्रबार





