३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

भारतबाट पेट्रोलमा १२ र डिजेलमा ५ रुपैयाँ बढेर आयो, नेपालमा मूल्य नबढाइने

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएर पठाए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले हाल कायम साविककै खुद्रा बिक्री मूल्यलाई यथावत् राखेको हो।

निगमका अनुसार आइओसीबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा मूल्य बढेर आएको थियो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर भए पनि विपद्को यस घडीमा उपभोक्तालाई मार नपरोस् भनेर मूल्य नबढाइएको निगमले जनाएको छ।

बढेको मूल्यअनुसार समायोजन नगर्दा निगमलाई चर्को वित्तीय भार पर्ने भएको छ। बिक्री मूल्य यथावत् राख्दा निगमलाई हालको अवस्थामा १५ दिन मै १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले बताएको छ।

प्रकाशित: ३० भाद्र २०८३ २२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App