२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

विश्वकप लिग-२ अन्तर्गतका खेलहरू अनिश्चितकालका लागि स्थगित

आइसीसी विश्वकप लिग-२ अन्तर्गतका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएका छन्। 

आगामी मंगलबार यही फागुन २६ गतेदेखि काठमाडौंमा सुरु हुने तालिका रहेका खेल अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार मध्यपूर्व क्षेत्रमा विकसित वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो। 

सम्बन्धित सरोकारवालासँगको परामर्शपछि प्रतियोगिता हाललाई रोकिएको क्यानले जनाएको छ। स्थगित खेलहरूमा ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र नेपाल सहभागी हुने कार्यक्रम थियो।  

प्रतियोगिताको नयाँ मिति सम्बन्धित देशका क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँगको थप परामर्शपछि सार्वजनिक गरिने क्यानले जनाएको छ। खेल तालिका पुनर्निर्धारणबारे निर्णय चाँडै गरिने बताइएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App