२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहले कहाँबाट गर्दैछन् मतदान ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंका फरक-फरक केन्द्रबाट मताधिकार प्रयोग गर्ने भएका छन्।

पार्टीका वरिष्ठ नेता शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। उनले मतदान सुरु हुनासाथ अर्थात् बिहान ७ बजे नै मतदान गर्ने तय भएको छ।

यस्तै, सभापति लामिछानेले काठमाडौं क्षेत्र नं-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रबाट मतदान गर्नेछन्।

प्रकाशित: २० फाल्गुन २०८२ १८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App