आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अहिले नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको छ। नामिबियाले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो।
नेपालले सस्तैमा आफ्ना ओपन कुशल भुर्तेललाई गुमाएको छ। इनिङ्सकै दोस्रो बलमा कुशल २ रनमा बोल्ड भए। पहिलो बलमा २ रन बनाएका उनी दोस्रो बलमा भने जेजे स्मिथको बलमा बोल्ड भएका हुन्।
क्रिजमा आसिफ शेख र इशान पाण्डे छन्।
नेपाल २८ खेलबाट २४ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा छ। समान खेलबाट ३२ अंक भएको नेदरल्यान्ड्स तेस्रोमा छ।
प्रकाशित: ५ श्रावण २०८३ १४:५३ मंगलबार





