आइसीसी महिला विश्वकप २०२५ को फाइनल आज हुँदैछ।
आइतबार फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बजेबाट नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ। उपाधिको लागि आज भारत र दक्षिण अफ्रिका आमने-सामने हुँदैछन्।
भारत र दक्षिण अफ्रिकाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन। त्यसैले आज हुने खेल ऐतिहासिक हुनेछ। यी दुई टोलीमध्य जसले आज उपाधि जिते पनि महिला विश्वकपको इतिहासमा आफ्नो नाम कोरेछ।
सेमिफाइनलमा भारतले अष्ट्रेलिया र दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। जारी प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका हुन्।
प्रकाशित: १६ कार्तिक २०८२ १२:५३ आइतबार




-600x400.jpg)
