२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप : यी टोली पुगे सेमिफाइनलमा

आइसीसी महिला टी-२० विश्वकपको लिग चरणमा इङ्ल्यान्डले डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

इङ्ल्यान्डले न्युजिल्यान्डलाई नौ विकेटले पराजित गर्‍यो। इङ्ल्यान्डका ब्याट्सम्यान ड्यानी व्याट-हजले ५३ बलमा ८९ रन बनाए र अविजित रहे।

यो हारसँगै डिफेन्डिङ च्याम्पियन न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ। पाँचै खेल जितेर इङ्ल्यान्ड समूह बी को शीर्ष स्थानमा छ।

समूह बी को अर्को खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

समूह बी मा वेस्ट इन्डिज र श्रीलंकाले आफ्ना पाँच खेलमध्ये तीन खेल जितेका छन् र दुवैको छ-छ अंक छ। त्यसैले, नेट रन रेटको आधारमा वेस्ट इन्डिज सेमिफाइनलको लागि छनोट भयो।

यसैबीच, समूह ए का अन्तिम दुई लिग खेलहरू आइतबार हुने तालिका छ। भारतले आज साँझ ७ बजेदेखि समूहको शीर्ष टोली अष्ट्रेलियाको सामना गर्नेछ भने दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्नेछ।

अष्ट्रेलियाको सेमिफाइनलमा प्रवेश लगभग निश्चित छ, जबकि भारत र दक्षिण अफ्रिकाबाट केवल एक टोली सेमिफाइनलमा पुग्नेछ।

प्रकाशित: १४ असार २०८३ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App