फिफा विश्वकप २०२६ जुन ११ बाट सुरु हुँदैछ। यसपटकको विश्वकपमा केही महान् फुटबलरहरुको अन्तिम खेल हुनसक्छ।
यसपालीको विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र गुइलेर्मो ओचोआले कीर्तिमानी छैटौं विश्वकप खेल्दैछन्। उनीहरुले यो पछिको विश्वकप नखेल्ने निश्चित देखिएको छ।
उत्तर अमेरिकामा हुने प्रतियोगितामा क–कस्को अन्तिम विश्वकप हुनसक्छ यहाँ उल्लेख गरिएको छः
क्रिस्टियानो रोनाल्डो – पोर्चुगल

रोनाल्डोको उत्कृष्ट करियरमा फिटनेस उनको सबैभन्दा ठूलो हतियार रह्यो। फरवार्ड रोनाल्डोले ४१ वर्षको उमेरसम्म आइपुग्दा पोर्चुगलका लागि १४३ गोल गरेका छन्। उनले यस सिजन अल–नासरका लागि मात्रै ३७ खेलमा ३० गोल गरेका छन्।
यस वर्षको विश्वकपमा स्कटल्याण्डका ४३ वर्षीय क्रेग गोर्डनपछि दोस्रो सबैभन्दा जेठो खेलाडी रोनाल्डो आफ्नो कीर्तिमानी छैटौं विश्वकप खैल्दैछन्। यसपाली उनलाई ट्रफी उठाउने अन्तिम मौका हुन सक्छ। उमेरको कारण उनी चार वर्षपछि हुने अर्को विश्वकपमा नदेखिन सक्छन्।
लियोनेल मेस्सी – अर्जेन्टिना

रोनाल्डो जस्तै मेस्सी पनि आफ्नो कीर्तिमानी छैटौं विश्वकप खेल्दैछन्। चार वर्षअघि उनकै कप्तानीमा अर्जेन्टिनाले उपाधि हात पारेको थियो।
अर्जेन्टिनाका सर्वकालीन सर्वाधिक गोलकर्ता मेस्सीले प्रतियोगिताको तयारीमा चोटपटकसँग संघर्ष गर्नुपरेको छ। जसले गर्दा उनी प्रत्येक खेलमा खेल्नेछन् कि खेल्दैनन् भन्नेमा शंका उत्पन्न भएको छ। आठ पटकका बालोन डीुओर विजेतासमेत रहेका उनी ३८ वर्षका भए। उनी पनि यसपछिको विश्वकपमा सहभागि हुने नहुनेमा शंका छ।
लुका मोड्रिच – क्रोएसिया

२०१८ को फाइनलसम्म क्रोएसियालाई पुर्याउन र २०२२ मा तेस्रो स्थान हासिल गर्न लुका मोड्रिचले महत्वपूर्ण भूमिका निभाएका थिए। उनले यसपाली आफ्नो पाँचौ विश्वकप खेल्दैछन्।
४० वर्षीय मिडफिल्डर मोड्रिक गालाको हड्डीको शल्यक्रिया गराएर प्रतियोगितामा जाँदैछन्। उनी बाहिरिनुअघि आफ्नो अन्तिम विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
नेयमार जुनियर – ब्राजिल

ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता नेयमार जुनियर मेस्सी ररोनाल्डो भन्दा धेरै कान्छा छन्। साढे दुई वर्षको अन्तरालपछि ब्राजिलको टोलीमा नेयमारको पुनरागमनले फुटबल फ्यान्डमलाई उत्साहित बनाएको छ। तर, उनले कस्तो प्रदर्शन गर्नेछन्, सो हेर्न बाँकी छ।
३४ वर्षका नेयमारमा फिटनेस समस्याहरू देखिनै रहेकाले उनले आगामी विश्वकप खेल्ने की नखेल्नेबारे निश्चित देखिदैन। २०३० को विश्वकपमा उनी ३८ वर्षका हुनेछन्। यो विश्वकप उनको चौथो र अन्तिम हुन सक्ने अनुमान गरिएको छ।
म्यानुएल न्युअर –जर्मनी
.jpg)
४० वर्षीय म्यानुएल न्युअरले २०२६ को विश्वकपमा जर्मनीको लागि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। लगभग दुई वर्षपछि टोलीमा फर्किएका उनलाई फ्यानहरूले विश्वकपमा हेर्ने अन्तिम मौका पाउनेछन्। सर्वश्रेष्ठ गोलकिपर मध्ये एक मानिने न्युअरले चार विश्वकप खेलेका छन्, जसमध्ये ब्राजिलको भूमिमा जर्मनीले २०१४ को विश्वकप जित्दा उनको महत्वपूर्ण भूमिका थियो।
मोहम्मद सलाह – इजिप्ट
अफ्रिकाका सर्वकालीन महान खेलाडी सलाह लिभरपुलमा आफ्नो सफलताको कारण विश्वव्यापी सुपरस्टार बने। जसमा उनले नौ ट्रफी जिते।
३३ वर्षीय सलाहको यो अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ। उनले यसपटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।
केभिन डे ब्रुयन – बेल्जियम
२०१४ देखि २०२२ सम्म बेल्जियमको ‘सुनौलो पुस्ता’ को एक ठूलो हिस्सा रहेका प्लेमेकर डे ब्रुयनले क्लब र देशको लागि उत्कृष्ट प्रदर्शन गरे। उनी यस महिनाको अन्तिममा ३५ वर्ष पुग्छन्। उनी प्रतियोगितामा आफ्नो चौथो र सम्भवतः अन्तिम उपस्थितिमा बेल्जियमलाई अविस्मरणीय अन्त्यमा पुर्याउन उत्सुक हुनेछन्।
भर्जिल भ्यान डाइक – नेदरल्याण्ड्स

अनुभवी सेन्टर–ब्याक भान डाइकले केही वर्षअघि च्याम्पियन्स लिग र प्रिमियर लिग लगातार जितेका थिए।
नेदरल्याण्ड्सका कप्तान उनी अर्को महिना ३५ वर्ष पुग्छन्। २०३० संस्करण आउँदासम्ममा डच टोलीले उनको स्थानमा युवालाई अगाडि बढाउने देखिएको छ।
२०२२ को विश्वकप क्वार्टरफाइनल र २०२४ को युरो सेमिफाइनलमा पुगेपछि डाइकले आफ्नो तेस्रो खेलमा टोलीलाई एक कदम अगाडि बढाउने आशा राखेका छन्।
साडियो माने – सेनेगल

विश्वका उत्कृष्ट विंगरहरू मध्ये एक मानिने कतार २०२२ मा खेल्नबाट वञ्चित भएका साडियो माने यसपालीको विश्वकप खेल्दैछन्। ३४ वर्षका मानेले लिभरपुल र बायर्न म्युनिखबाट ट्रफि जितेको अनुभव लिइसकेका छन्।
उनी अफ्रिका कप अफ नेसन्सको फाइनलमा मोरक्कोलाई हराउने टोलीको अभिन्न हिस्सा पनि थिए। मानेले यसपटक आफ्नो तेस्रो र सम्भवतः अन्तिम विश्वकप खेल्ने सम्भावना रहेको छ।
गुइलेर्मो ओचोआ – मेक्सिको
मेस्सी र रोनाल्डो सहित ओचोआ पनि छैटौं विश्वकपमा खेल्ने तयारीमा छन्। अर्को महिना ४१ वर्ष पुग्ने गोलकिपर हालैका वर्षहरूमा राष्ट्रिय टोलीमा परेका थिएनन्। उनले यसपटकको प्रतियोगिताबाट अवकाश लिनेछन्।
(अल–जजीराको सहयोगमा)
प्रकाशित: २२ जेष्ठ २०८३ १३:३७ शुक्रबार





