२४ असार २०८३ बुधबार
image/svg+xml
खेल

मेस्सीसँगै मुस्कुराएको अर्जेन्टिना: मेस्सी बिना कहाँ पुग्थ्यो होला ?

अर्जेन्टिना लगातार दोस्रो पटक फिफा विश्वकप जित्ने लक्ष्यमा अघि बढिरहेको छ। तर टोलीको सफलतामा सबैभन्दा ठूलो भूमिका कप्तान लियोनेल मेस्सीको नै देखिएको छ।

अहिले धेरै समर्थकको मनमा एउटै प्रश्न उठिरहेको छ– यदि मेस्सी नभएको भए अर्जेन्टिना अहिले पनि प्रतियोगितामा रहने थियो त ?

राउन्ड अफ ३२ मा इजिप्टविरुद्ध अर्जेन्टिना हारको निकै नजिक पुगेको थियो। मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनपछि इजिप्ट ८०औँ मिनेटसम्म २–० ले अगाडि थियो। खेल सकिन १० मिनेट मात्र बाँकी रहँदा मेस्सीले खेलको दिशा नै बदलिदिए।

पहिलो हाफमा पेनाल्टी गुमाएका ३९ वर्षीय मेस्सी लामो समयसम्म शान्त अनि निराश देखिएका थिए। तर टोलीलाई सबैभन्दा आवश्यक परेको समयमा उनले क्रिस्टियन रोमेरोका लागि गोलको अवसर सिर्जना गरे। उनले ७९ औ मिनेटमा गोल गरे।

त्यसको तीन मिनेटपछि खेलको ८३ औँ मिनेटमा मेस्सी आफैंले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयको दुई मिनेटमै एन्जो फर्नानडेजले विनिङ गोल गर्दै टोलीलाई जित दिलाए। टोलीले १५ मिनेटभित्र पुनरागमन गर्दै इजिप्टलाई हराएको थियो।

यो विश्वकपमा मेस्सीको आठौं गोल थियो। उनले लगातार नौ विश्वकप खेलमा गोल गर्ने नयाँ कीर्तिमान पनि बनाएका छन्। साथै, २१ गोलसहित उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनी फ्रान्सका किलियन एमबाप्पेभन्दा दुई गोलले अगाडि छन्।

तर मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै अर्को बहस पनि सुरु भएको छ। अर्जेन्टिना उनको व्यक्तिगत प्रतिभामा धेरै निर्भर भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। किनभने कठिन अवस्थामा टोलीलाई बचाउने काम बारम्बार मेस्सीले नै गरिरहेका छन्।

अहिलेसम्म अर्जेन्टिनाले तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वीको सामना गरेको छ। समूह प्रतिद्वन्द्वीमा फिफा विश्व वरियतामा २३ औं स्थानमा रहेको अस्ट्रिया अर्जेन्टिनाले पाँच खेलको शृङ्खलामा सामना गरेको सबैभन्दा उच्च वरियता भएको प्रतिद्वन्द्वी हो। जसमा उनीहरूले तीन अफ्रिकी राष्ट्रहरू (अल्जेरिया २९ औं स्थानमा), केप भर्डे (६५ औं स्थानमा)  र इजिप्ट (२४ औं स्थानमा)  र जोर्डन (७३ औं स्थानमा) रहेको टोलीसँग खेले।

अर्जेन्टिनाको क्वार्टरफाइनलमा १५ औं स्थानमा रहेको स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसैले, अर्जेन्टिनाको प्रतिस्पर्धी खेल पर्खन सेमिफाइनलसम्म पर्खनु पर्ने हुन्छ। सेमिफाइनलमा इङ्ग्ल्यान्ड, फ्रान्स, स्पेन वा अन्य बलिया टोलीसँग भेट हुने सम्भावना छ।

सेमिफाइनलमा इङ्गल्याण्ड (नम्बर ४) वा फ्रान्स (नम्बर १), स्पेन (नम्बर ३), मोरक्को (नम्बर ६) वा बेल्जियम (नम्बर ८) सँग फाइनल खेल्दा मात्र मेस्सी र अर्जेन्टिनाको परीक्षण हुन्छ।

यही कारण धेरै विश्लेषकको भनाइ छ कि अर्जेन्टिनाको वास्तविक परीक्षा अब सुरु हुनेछ। बलिया टोलीविरुद्ध पनि मेस्सी एक्लैले खेल जिताउन सक्छन् कि टोलीका अन्य खेलाडीले पनि जिम्मेवारी लिन सक्छन् भन्ने हेर्न बाँकी छ।

मुख्य फरवार्ड लाउटारो मार्टिनेजले यस वर्ष राष्ट्रिय टोलीका लागि सात खेलमा केवल दुई गोल गरेका छन्। जुलियन अल्भारेजको प्रदर्शन पनि अपेक्षाअनुसार छैन। उनले पछिल्ला १२ खेलमा मात्र एक गोल गरेका छन्। जबकी मेस्सीले विश्वकपमा मात्रै अर्जेन्टिनाका लागि एक्लैले ८ गोल गरे। त्यसैले गोलका लागि अर्जेन्टिना अझै पनि मेस्सीमै धेरै भर परेको देखिन्छ।

अर्जेन्टिनाका रक्षापंक्तिले पनि चिन्ता थपेको छ। जोर्डन, केप भर्डे र इजिप्टविरुद्ध तीन खेलमा अर्जेन्टिनाले पाँच गोल खाएको छ। विश्वकपको अन्तिम चरणमा बलिया टोलीविरुद्ध यति धेरै अवसर दिए जित निकाल्न कठिन हुन सक्छ।

मेस्सी अझै पनि आफ्नो जादुई प्रदर्शनले अर्जेन्टिनालाई अघि बढाइरहेका छन्। तर विश्वकप जित्ने सपना पूरा गर्न टोलीले मेस्सीमाथिको निर्भरता कम गर्दै अन्य खेलाडीबाट पनि निर्णायक योगदान पाउन आवश्यक देखिन्छ।

कठिन प्रतिद्वन्द्वीविरुद्ध अर्जेन्टिनाको वास्तविक क्षमता अबका खेलहरूले नै देखाउनेछन्।

प्रकाशित: २४ असार २०८३ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App