५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

गढीमाईको गिटीबालुवा ठेक्कामा २ करोड ५७ लाखको भ्रष्टाचार, नगरप्रमुखसहित चारजना विरुद्ध मुद्दा दायर

रौतहटको गढीमाई नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थ (बालुवा, गिट्टी र ग्राभेल) उत्खनन तथा बिक्री ठेक्कामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित चारजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रौतहट समनपुर स्थित बागमती नदिबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासी सम्बन्धी ठेक्कामा स्वीकृत कबोल रकम समयमै दाखिला नगरी दुई करोड ५७ लाख ६२ हजार राजस्व हिनामिना गरेको ठहर गर्दै अदुवाले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बागमती नदिको ठेक्का प्रक्रियामा भाग्यमानी कन्सट्रक्शनले झुटो विवरण र बैंक भौचरका आधारमा सम्झौता गरिएको तथा सम्झौताको शर्त विपरीत उत्खनन र निकासी गरेर नेपाल सरकार र नगरपालिकालाई  हानी नोक्सानी पुर्याएको निष्कर्ष सहित आरोपपत्र दायर गरेको छ।

सोही मुद्दाका मुख्य आरोपी नगरप्रमुख श्याम प्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय, ठेक्का लिएको भाग्यमाणी कन्सट्रक्सन कम्पनी प्राली तथा कम्पनीका तर्फबाट काम गर्ने राधेश्याम साहलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेका छन्।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, बिगो असुल तथा जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेका छन्।

ठेक्का सम्झौताका क्रममा कानुन र सार्वजनिक खरिद प्रक्रिया विपरीत निर्णय गरिएको, झुटो कागजातका आधारमा सम्झौता स्वीकृत गरिएको तथा राजस्व दाखिलाको गलत प्रतिवेदन तयार गरी राज्यलाई आर्थिक क्षति पुर्‍याइएको देखिएको छ।

प्रकाशित: २३ असार २०८३ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App