नेपाली यू- १७ पुरुष टोलीका कप्तान प्रशान्त मोक्तानले साफ यू- १७ पुरुष च्याम्पियनसीपको उपाधि जित्ने लक्ष्य रहेको बताए।
आइतबार उनले पत्रकारसँग कुरा गर्दा लक्ष्य गोल्ड मेडेल रहेको बताए। ‘साफको लागि हाम्रो तयारी एकदमै राम्रो भएको छ, हामीले प्रशिक्षण गर्न धेरै समय पाएका थियौँ। टोली खेल्न तयार छ, उपााधि लिएर जान्छौँ’ कप्तान मोक्तानले बताए।
सोमबारदेखि सुरु हुने साफ यू- १७ पुरुष च्याम्पियनसिप नेपालले आयोजक श्रींलकासँग खेल्दै प्रतियोगिताको सुरआत गर्नेछ। नेपाल रहेकै समूहमा बंगालदेश पनि छ।
उता, समूह बी मा भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान छन्। ‘हाम्रो समूहमा रहेको दुईवटै टोली बलियो छ, हाम्रो टोली पनि बलियो नै छ" कप्तान मोक्तान भन्छन्, "उनीहरुविरुद्द राम्रो खेल्ने छौँ।’
यो प्रतियोगितामा सात टोलीले सहभागीता जनाउँदै छन्।
प्रकाशित: २९ भाद्र २०८२ १७:०५ आइतबार





