७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

वानखडे घरेलु मैदान जस्तो लाग्छः कुशल भुर्तेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले वानखडे क्रिकेट मैदान आफ्नै  मैदान जस्तो लाग्ने बताएका छन्।  बिहीबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले जारी गरेको एक भिडियोमा उनले वानखडे क्रिकेट रगंशालमा खेल्दा आफ्नै  मैदानमा खेलिरहेको जस्तो लाग्ने बताए।  

‘वानखडेमा खेल्दा आफनै घरेलु मैदानमा खेलेको जस्तो लागिरहेको छ, यहाँ पनि हामीलाई समर्थन गर्न थुप्रै फ्यानहरू  आउनु भएको छ। मैदानमा खेलिरहँदा प्यारफिटभर रातो र निलो जर्सी मात्र देखेको थिए,’  कुशलले भने  ‘हामीलाई नेपाली समर्थकले कहिल्यै एक्लै छाडनु हुन्न ,इंग्ल्यान्डसँगको खेलमा हामीले सोचेको भन्दा धेरै समर्थकहरू आउनुभयो।’

नेपाल जारी विश्वकपमा आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। नेपालले आज दिउँसोको खेलमा इटालीको सामना गर्दैछ।

प्रकाशित: २९ माघ २०८२ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App