३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

टप एण्ड टी-२० सिरिजः होबर्ट हुरिकेन्सविरुद्ध नेपालको कसिलो बलिङ

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हुरिकेन्सविरुद्ध कसिलो बलिङ गरेको छ ।  

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्टले ५ ओभरको खेलको समाप्तिमा ३ विकेट गुमाएर मात्र २५ रन बनाएको छ ।  

इनिङ्सको पहिलो ओभर बलिङ गर्न आएका कप्तान रोहित पौडेलले ओपनर निभर्थन राधाकृष्णनलाई शुन्य रनमा बोल्ड गरे । विल प्रिस्टविड ५ र कप्तान माकालिस्टर राइट ३ रनमा आउट भए । विल नन्दन यादवको बलमा रिजन ढकालबाट क्याच आउट हुँदा कप्तान राइटलाई सन्दीप लामिछानेले एलबीडब्लू धरापमा पारे ।  

यसअघि डर्विनको काजालिस ऐरेनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको हो ।

प्रकाशित: ३ भाद्र २०८२ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App