२९ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

टप एण्ड टी-२० सिरिज: नेपाल एक रनले पराजित, सेमिफाइलको यात्रा समाप्त

ब्याटिङमा रोहित पौडेल

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पाकिस्तान सहिन्ससङ १  रनले पराजित भएको छ।

शुक्रबार डार्विनको मरार क्रिकेट मैदानमा पाकिस्तान सहिन्सले दिएको १४५ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाउदै १४३ रन मात्र बनाउन सक्यो।

नेपालको लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ५२ रन बनाए। ५२ रन बनाउने क्रममा उनले ४ चौका र १ छक्का समेत प्रहार गरे।  

नेपालका ओपनर कुशल भुर्तेल  ४ रन बनाउँदै मैदानबाट बाहिरिएका थिए। त्यस्तै, अर्को  ओपनर आशिफ शेख २९, गुल्शन झा ३ रन बनाउँदै आउट भए।  

त्यस्तै, लोकेश बम २० र कुशल मल्ल २ रन बनाउदै आउट भए।  नेपालका दीपेन्द्र सिंह ऐरि र आरिफ शेख नटआउट रहे। अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिए पनि ६ रनमात्र बनाउन सक्यो । 

यसअघि डार्विनको मरार क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए । क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे ।

पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो ।  

नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । सन्दीप लामिछानेले आफ्नो स्पेलमा २८ रन दिएपनि विकेट भने लिन सकेनन् ।  एक जना रनआउट भएका थिए । 

नेपालले जारी प्रतियोगितामा ६ खेलमा ४ अंक जोडेको छ । पाकिस्तान ६ खेलमा ८ अंक बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रकाशित: ६ भाद्र २०८२ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App