२९ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

देशलाई जोगाउने हो भने अहंकार होइन एकता चाहिन्छ : करण केसी

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसीले देशलाई जोगाउन हो भने अहंकार नभइ एकता चाहिने बताएका छन्।

करणले बिहीबार सामाजिक संजाल फेसबुकमा यस्तो बताएका हुन्। उनले भने, 'देश दिनदिनै अराजकता, द्वन्द्व र अव्यवस्थातर्फ चिप्लिंदै छ र हामी एक अर्कामाथि दोष थोपर्ने काममै सीमित छौं। तर याद गरौं, कुनै पनि समाज रिस, तोडफोड वा चिच्याहटले होइन, जिम्मेवारी, संयमता र स्पष्ट सोचले परिवर्तन हुन्छ।'

उनले समाधान टाढा छैन, हामीभित्रै छ भनेर लेखेका छन्। 'हामी शान्ति र सभ्यताको परिचय दिएका नेपाली हौं, तर अहिलेको अवस्था हाम्रो त्यो पहिचानमाथि प्रश्नचिन्ह बनेको छ। समाधान टाढा छैन, हामीभित्रै छ , सुनेन, देखेन, वा मौका दिइएन, यही हो मुख्य बाधा। अब समय आएको छ, पुराना र नयाँ नेतृत्व एकै ठाउँमा उभिएर जिम्मेवारीका साथ देशलाई सम्हाल्ने र हामी नागरिकको कर्तव्य हो, समर्थन गर्नु, साथ दिनु, अनि आवाज उठाउनु तर विधि र विवेकका साथ।'

साेमबार जेनजीले सरकारविरुद्ध आन्दोलन गरेकाे थियाे। जुन आन्दोलनमा परि झन्डै ३० जनाभन्दा ज्यान गुमाएका छन्। काठमाडौं लगायतका देशकाे अन्य ठाउँमा अहिले कर्फ्यु र निषेधज्ञा जारी छ।

प्रकाशित: २६ भाद्र २०८२ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App