२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु : अफगानिस्तान स्तब्ध, राशिद खान आक्रोशित

पाकिस्तानको हवाई आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडी (कबीर, सिब्घाटुल्लाह र हारुन) सहित पाँच नागरिकको मृत्यु भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ। 

सोहीकारण बोर्डले नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी-२० शृंखलाबाट पछि हट्ने निर्णय गरेको छ।

राशिद खानले आक्रमणलाई ‘त्रासदी’ भन्दै भनेका छन्, ‘नागरिकहरूलाई लक्षित गर्नु पूर्णतया अनैतिक र बर्बर छ। यस्ता गैरकानूनी र अन्यायपूर्ण कार्यहरू मानव अधिकारको उल्लंघन हुन्।’ उनले सामाजिक सञ्जालमा लेखे, ‘यो दुखद घटनाले महिला, बालबालिका र राष्ट्रको प्रतिनिधित्व गर्ने सपना देख्ने युवा क्रिकेटरहरूको ज्यान लियो। म यो कठिन समयमा हाम्रा जनताको साथमा छु।’

गुलबदिन नैबले भनेका छन्, ‘यो हाम्रा जनता, गौरव र स्वतन्त्रतामाथिको आक्रमण हो। तर यसले अफगानिस्तानको भावनालाई कहिल्यै तोड्ने छैन।’

मोहम्मद नाबीले लेखेका छन्, ‘यो घटना पक्तिकाको लागि मात्र नभई सम्पूर्ण क्रिकेट परिवार र अफगानिस्तानको लागि धेरै दुखद घटना हो। हामी उनको बलिदानलाई कहिल्यै बिर्सने छैनौं।’

यसबारे पाकिस्तान क्रिकेट बोर्डबाट कुनै प्रतिक्रिया आएको छैन। एजेन्सी

प्रकाशित: १ कार्तिक २०८२ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App