काष्ठमण्डप विद्यालयको आयोजनामा तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टोली सहभागी हुनेछन्। बास्केटबलको सिनियर ब्वाइज र गर्ल्समा समान १२/१२ टोली सहभागी हुने आयोजक काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिए।
फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टोलीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ। मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ।
प्रकाशित: २१ भाद्र २०८२ ०८:०८ शनिबार




