२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
खेल

सीई कर्पोरेट टी-१० को तेस्रो संस्करण कार्तिक २१ देखि

सीई कर्पोरेट टी-१० प्रतियोगिताको तेश्रो संस्करण कार्तिक २१ र २२ गते काठमाडौंको चुनीखेलमा हुने भएको छ।  

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ। मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच प्रतियोगिताको समूह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरिएको छ।  

कार्यक्रममा प्रतियोगिता निर्देशक अमित पौडेलले यस पटक पनि भव्यताका साथ प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको जसलाई जोड दिंदै यस प्रतियोगिताले कर्पोरेट क्षेत्रका क्रिकेट प्रेमीहरूलाई खेलसँग जोड्दै सम्बन्ध समेत प्रगाढ पार्ने विस्वास व्यक्त गरे।  

यस्तै प्रतियोगिताका टेक्निकल निर्देशक रविन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटो बारे जानकारी गराए।  

प्रतियोगितामा प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेइङ सेटमा हुनेछन् । खेल १० ओभरको हुनेछ।  

समूह 'ए' मा साविकको विजेता समेत रहेको सानिमा जीआईसी इन्सुरेन्स, सलिको, जगदम्बा रियल मि रहेको छ। समूह 'बि' मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र हिमालयन एभरेष्ट इन्सुरेन्स, समूह 'सी' मा रिलायबल लाइफ इन्सुरेन्स, राष्ट्रिय वाणिज्य बैंक, क्लाउड फ्याक्ट्री तथा समूह 'डी' मा शिखर इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, एनएलजी इन्सुरेन्स रहेका छन्।

प्रतियोगिता लिग-कम नक आउट फर्म्याटमा आयोजना हुनेछ। साथै नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर र स्कोरर हुनेछन्।  

उपाधि विजेताले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले टोलिले ५० हजार ५ सय रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन्।  

यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेटकिपरले समान ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: १८ कार्तिक २०८२ १८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App