६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

इंल्यान्ड र इन्डियाबिचको पाँचौ टेस्ट आज सुरु हुँदै

इंल्यान्ड र भारतबीचको पाँचौ तथा अन्तिम टेस्ट क्रिकेट बिहीबार सुरु हुँदैछ । खेल ओभलमा ३ः४५ बजे सुरु हुनेछ ।  

इंल्यान्ड भ्रमणमा रहेको भारतलाई जारी पाँच खेलको शृंखला बचाउन अन्तिम टेस्ट जित्नै पर्ने दबाब छ । 

यसअघिका चार खेलमा घरेलु टोली २-१ ले अघि छ । इंल्यान्डले पहिलो टेस्ट ५ विकेटले र तेस्रो टेस्ट २२ रनले जितेको थियो । दोस्रो टेस्टमा भारत ३३६ रनले विजयी भएको थियो । चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।  

आज सुरु हुने पाँचौ खेलमा भारत विजयी भए शृंखला बराबरीमा सकिने छ । बराबरी वा हारले भने भारतले शृंखला गुमाउनेछ । सुभमन गिलले टेस्टको मोर्चा सम्हालेको पहिलो शृंखला नै गुमाउने छन् । 

प्रकाशित: १५ श्रावण २०८२ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App