१८ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

१७ वर्षमै इतिहास रचिन् तान्वी शर्माले, ताइपेइ ओपनको उपाधि जितिन्

भारतकी १७ वर्षीया ब्याडमिन्टन खेलाडी तान्वी शर्माले पहिलोपटक विश्व ब्याडमिन्टन ताइपेइ ओपन सुपर ३०० को उपाधि जित्दै इतिहास रचेकी छन्।

आइतबार सम्पन्न ताइपेइ ओपन सुपर ३०० को महिला एकल फाइनलमा तान्वीले भियतनामकी छैटौं वरीयताकी थुई लिन्ह गुयेनलाई सोझो सेटमा पराजित गर्दै उनले उपाधि जितेकी हुन्। तान्वीले विश्व वरीयतामा २१औं स्थानमा रहेकी गुयेनलाई २१–१६, २१–१६ ले पराजित गरिन्। फाइनल खेल जित्न उनलाई केवल ३६ मिनेट लाग्यो।

पञ्जाबकी तान्वीका लागि यो पहिलो विश्व ब्याडमिन्टन भ्रमण उपाधि हो। यसअघि उनी गत वर्षको अमेरिकी ओपन सुपर ३०० मा उपविजेता बनेकी थिइन्। उपाधिसँगै तान्वीले ताइपेइ ओपनको इतिहासमा समेत आफ्नो नाम लेखाएकी छिन्। १७ वर्ष २२२ दिनको उमेरमा उपाधि जित्दै उनी प्रतियोगिताको इतिहासकै सबैभन्दा कम उमेरकी च्याम्पियन बनेकी छिन्। उनले यो कीर्तिमान ब्याडमिन्टनकी महान् खेलाडी ताइ जु यिङको नाममा रहेको पुरानो कीर्तिमान तोड्दै बनाएकी हुन्।

 उपाधि जितेपछि तान्वीले आफू निकै खुसी रहेको प्रतिक्रिया दिइन्। अब १७ वर्षीया तान्वीको नजर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा अझ ठूलो सफलता हासिल गर्ने दिशामा हुनेछ। उनको ताइपेइ ओपनको उपाधिले भारतीय महिला ब्याडमिन्टनमा नयाँ पुस्ताको उदयलाई समेत संकेत गरेको छ।

प्रकाशित: १८ श्रावण २०८३ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App