भारत र श्रीलंकामा जारी टि-२० विश्वकप अन्तर्गत समूह बी को जारी खेलमा जिम्बाबेले अस्ट्रेलियालाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।
शुक्रबार श्रीलंकाको आर.प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनायो। जिम्बाबेको ओपनर ब्रायन जोन बेनेट जिम्बाबेको लागि सर्वाधिक ६४ रन बनाउँदै नटआउट रहे।
त्यस्तै, जिम्बाबेका सिकन्दर राजा पनि २५ रन बनाएर नटआउट रहे। अष्ट्रेलियाको लागि मार्कस पिटर स्टोइनिसले एक विकेट लिए।
प्रकाशित: १ फाल्गुन २०८२ १३:१२ शुक्रबार





