२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

टी-२० विश्वकप : वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनले हरायो, भारतको सेमिफाइनल यात्रा कठिन

जारी टी-२० विश्वकप २०२६ को सुपर ८ मा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको विशाल अन्तरले पराजित गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेको थियो।

वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २५४ रनको विशाल योगफल बनायो। यो टी-२० विश्वकप इतिहासको दोस्रो सबैभन्दा ठुलो स्कोर हो। यसअघि सन् २००७ मा केन्याविरुद्ध श्रीलंकाले ६ विकेट गुमाएर २६० रन बनाएको थियो। 

शिमरोन हेटमायरले ३४ बलमा ८५ रन (७ चौका, ७ छक्का) को विस्फोटक इनिङ खेले भने रोभम्यान पावेलले ३५ बलमा ५९ रन जोडे। हेटमायरले मात्र १९ बलमै अर्धशतक पूरा गरे।

जवाफमा जिम्बाब्वे १७.४ ओभरमा १४७ रनमा अलआउट भयो। ब्राड इभान्सले ४३ रन बनाए पनि अन्य ब्याटरहरूले राम्रो गर्न सकेनन्। डियोन मायर्स २८ तथा कप्तान सिकन्दर रजाले २७ रन बनाए। वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए भने अकिल हुसेनले ३ विकेट झारे।

शिमरोन हेटमायर प्लेयर अफ द म्याच घोषित भए।

यो जितपछि वेस्ट इन्डिज सुपर ८ ग्रुपको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिका दोस्रो, भारत तेस्रो र जिम्बाब्वे चौथो स्थानमा छ। यस ठुलो जितले भारतको सेमिफाइनल यात्रालाई झन् जटिल बनाएको छ। अब भारतमाथि बाँकी खेलहरू ठुलो अन्तरले जित्नुपर्ने दबाब बढेको छ।

प्रकाशित: १२ फाल्गुन २०८२ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App