कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ मतान्तरले हराउँदै विजय हासिल गरेकी हुन्। विजयी गुरुङले ३१ हजार १ सय १२ मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले ११ हजार २ सय ५७ मत प्राप्त गरे। उनले दोब्बरभन्दा बढी मतको अग्रता बनाएकी हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ६ हजार ७ सय ५ मत प्राप्त गरे। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार २ सय ६४, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार १ सय ७९, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५ सय ३३ र उज्यालो नेपाल पार्टीका तर्क बहादुर गुरुङले ४ सय १० मत प्राप्त गरे।
प्रकाशित: २२ फाल्गुन २०८२ २१:५४ शुक्रबार





