जारी टी–२० विश्वकप अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो खेल हुँदैछ।
सेमिफाइनलकको पहिलो खेलमा आज दक्षिण अफ्रिका र न्यूजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। कोलकताको इडन गार्डन क्रिकेट स्टेडियमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुँदैछ।
जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित छ भने न्यूजिल्यान्डले समूह चरण र सुपर एटमा एक–एक खेलमा पराजय भोगेको छ। दक्षिण अफ्रिका सेमिफाइनलमा स्थान बनाउने दोस्रो टोली हो भने न्यूजिल्यान्डले पाकिस्तानलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनलमा आइपुगेको हो।
दक्षिण अफ्रिका अपराजित रहँदै फाइनलमा पुग्न चाहन्छ। त्यस्तै, न्यूजिल्यान्ड समूह चरणमा दक्षिण अफ्रिकासँगको हारको बदला लिँदै फाइनल प्रवेश गर्ने योजनमा हुनेछ। हालसम्म यी दुवै टोलीले टी–२० विश्वपकको उपाधि जितेको छैनन्।
बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारत र इंग्लयान्डबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: २० फाल्गुन २०८२ ११:३४ बुधबार





