आइसिसी टी- २० परुष विश्वकप अन्तर्गत समूह 'सी' को जारी खेलमा स्कटल्यान्डले हालै टी- २० विश्वकपमा डेब्यू गरेको इटालीलाई २०८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनायो। स्कटल्याण्डको लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक ८४ रन प्रहार गरे। ५४ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे।
इटालीको लागि अलि हसनले १ विकेट लिए। इटाली जबाफी ब्याटिङमा उत्रिएको छ।
प्रकाशित: २६ माघ २०८२ १३:०८ सोमबार





