टी- २० पुरुष विश्वकपको जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै१३३ रन बनायो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए।उनी ५८ रन बनाएर आउट भए।
नेपालका ओपनर कुशल भुर्तेल १ रन बनाउँदै आउट भए। त्यस्तै, नेपालका अर्को ओपनर आशिफ शेख ११ रन र कप्तान रोहित कुमार पौडेल ५ रन बनाउँदै मैदानबाट बाहिरिए।
वेस्ट इन्डिजका लागि जेसन होल्डर ले ४ विकेट लिए
प्रकाशित: ३ फाल्गुन २०८२ १३:०१ आइतबार





