भारत र श्रीलंकामा जारी टि-२० विश्वकप अन्तर्गत समूह 'डी' काे सम्पन्न खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएकाे छ।
आइतबार अफगानिस्तानले दिएकाे १८३ रनको लक्ष्य पछाएकाे न्यूजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। न्यूजिल्यान्डको लागि ओपनर टिम लुइस सेफर्टले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ६५ रन प्रहार गरे।
त्यसअघि चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ रोजेकाे अफगास्तिानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएकाे थियाे।
अफगानिस्तानका लागि गुल्बन्दि जैवले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ६३ रन प्रहार गरे। त्यस्तै, न्यूजिल्यान्डकाा लागि लाचलान ह्यामन्ड फर्गुसनले २ विकेट लिए।
प्रकाशित: २५ माघ २०८२ १४:४६ आइतबार





