२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

टी-२० महिला विश्वकपः दोस्रो सेमिफाइनलमा इंल्यान्ड र साउथ अफ्रिका भिड्दै

आइसिसी महिला टी-२० विश्वकपको दोस्रो सेमिफाइनमा बिहीबार राति इंल्यान्ड र साउथ अफ्रिकाबीच खेल हुनेछ। खेल नेपाली समयअनुसार राति ११ः१५ बजे ओभलमा सुरु हुनेछ। 

आयोजक इंल्यान्ड समूह २ को विजेता र साउथ अफ्रिका समूह १ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। इंल्यान्ड जारी प्रतियोगितामा अपराजित छ। सोही लय कायम राख्दै आयोजक फाइनलमा स्थान बनाउने योजनामा हुनेछ।  

साउथ अफ्रिकाले भने लिग चरणमा एक खेलमात्र हारेको थियो।  

फाइनलमा यसअघि नै अस्ट्रेलियाले स्थान बनाइसकेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा कंगारु टोलीले वेस्ट इन्डिजलाई सेमिफाइनलमा ८ विकेटले हराएको थियो।  

फाइनल आइतबार लर्ड्समा हुनेछ। 

प्रकाशित: १८ असार २०८३ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App