१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

आइतबारदेखि त्रियोग अन्तर स्कुल चेस

त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार (आज) देखि सुरु हुने भएको छ।

स्विस लिग प्रणालीमा सञ्चालन हुने सो प्रतियोगितामा ६० विद्यालयका करिब चार सय विद्यार्थीको सहभागिता रहने विद्यालयले जानकारी दिएको छ। दुईदिने कार्यक्रमअन्तर्गत पहिलो दिन छनोट खेल हुनेछन्।

हरेक स्पर्धामा शीर्ष २० स्थानमा रहने बीच पनि दोस्रो दिन खेल हुनेछ। प्रतियोगितामा कुल कुल स्पर्धा समावेश गरिएका छन्। तीन कक्षासम्म, कक्षा चार र पाँच, कक्षा ६ र सात तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन्।  

प्रकाशित: ४ श्रावण २०८२ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App