१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml

भोटेकोशी बाढी : नेपाल र चीनमा ४९४ जनाको मृत्यु, एक हजार ५३५ बेपत्ता

चीनको गाइरोङ काउन्टीस्थित सीमा बन्दरगाहमा पहिरोपछि ५५८ जना अझै बेपत्ता छन्। नेपालमा पनि ५१७ विदेशीसहित ९७७ जना अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनतर्फ बेपत्ता ५५८ जनामध्ये २६० जना विदेशी नागरिक हुन्।

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

प्रधानमन्त्री राहत कोषमा बीस लाख

रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।

सरकारले भन्यो : तत्काल ठूलो जोखिम छैन, तर सतर्क हुन आवश्यक

सरकारका प्रवक्ता सस्मित पोखेरेलले भोटेकोशी बाढीका सम्बन्धमा तत्काल ठूलो जोखिम नरहेको बताएका छन्।

भोटेकोशी बाढी : यी हुन् काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइते (नामसहित)

नेपाल प्रहरीले शुक्रबार दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएको हो।

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।

बाढीपीडितलाई दुई करोड सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ।

रसुवा बाढी : उद्धारको लागि थप १२ सय सैनिक परिचालन

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ।

भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन

बाढी प्रभावित क्षेत्रमा चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा एक हजार ४७३ जना घाइते तथा उद्धार गरिएको छ।

यी हुन् मानसरोवरमा सम्पर्कविहीन ६४४ जना (सूचीसहित)

नेपाल र चीनको सीमामा आएको भिषण बाढीमा परी ६४४ जना यात्रुहरु सम्पर्कविहीन भएका प्रारम्भिक विवरणमा उल्लेख छ। जसमध्ये ३६२ जना पुरुष र ३१८ महिला यात्रु रहेका छन्।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

गीतकार सङ्घ नेपालबाट १ लाख १५ हजार सहयोग

गीतकार सङ्घ नेपाललेरसुवा बाढीपीडितहरूको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ।

विपद् प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

भोटेकोशी नदी तथा नेपाल-चीन सीमा क्षेत्रमा भएको विपद्का प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्