२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

चितवनसामू सुदूरपश्चिमद्वारा १७० रनको चुनौती प्रस्तुत

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसामू १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमको टोलीले ओपनर क्रिस लिनको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६९ रन जोडेको हो।

लिनले ५६ बलको सामना गर्दै ७५ रन जोडेर रिटायर्ड हर्ट भए। उनीबाहेक सुदूरपश्चिमका लागि विनोद भण्डारीले २१, आरिफ शेखले २४, कप्तान दीपेन्द्रसिंह ऐरीले २४ रनको योगदान दिए।  

बलिङमा चितवनका सैफ जैबले २, रञ्जित कुमारले १, जर्ज स्क्रिमशले १ विकेट लिए।  

प्रकाशित: १८ मंसिर २०८२ १७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App