२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

एनपीएलमा विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनरमा सुबिसु

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । 

सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरिया ले सम्झौता पत्रमा हस्ताक्षर  गरे। 

एनपीएलको दोस्रो संस्करण मंसिर १ गते सुरु हुँदैछ । एक महिनासम्म चल्ने यस प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । ‘राष्ट्रिय टिमका खेलाडी सन्दीप लामेछाने, प्रतिश जिसी लगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा जोडिन पाउँदा हामी निकै उत्साहित छौं,’ सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान भन्छन्, ‘यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तरत सहकार्य र प्रतिवद्धता दर्शाएको छ ।’  

प्रधानले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अगी बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा विराटनगर किङ्सका तर्फबाट बोल्दै बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताएका छन् । उनले यो सहकार्यले नेपालको खेलकुद विकासमा हाम्रो प्रयासमा सुबिसु जस्ता कम्पनीले देखाएको विश्वासले थप दृढ बनाएको छ । 

यसैबीच आसन्न नेपाल प्रिमियर लिग (NPL) सिजनका लागि विराटनगर किंग्सले सुबिसुलाई आफ्नो इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा स्वागत गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App