१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

एसिसी एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेकाे छ।

संयुक्त अरब ईमेरेटस (यूएई)मा जारी प्रतियोगितामा शनिबार बाङ्लादेशलाई ६ विकेटले हराउँदै जित दर्ता गरेकाे हाे। श्रीलंकाका पाथुम निसान्काले सर्वाधिक ५० रन बनाए।

बाङ्लादेशको लागि कप्तान लिटन दासले २८ रन बनाए। जाकर अलिले ४१ रन बनाए।

आइतबार एसिया कपमा सबैभन्दा बहुप्रतिक्षित खेल भारत र पाकिस्तानकाे खेल हुँदै छ।

कुल ८ टोलीले सहभागिता जनाएको सो प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु भएको थियो। एसिया कपको फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ।

प्रकाशित: २९ भाद्र २०८२ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App