३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

भानु नगरपालिका-१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरूबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ। दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो।

युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले बताए।

 खेलकुद उत्सव अन्तर्गत खुला पुरुष भलिबलको उपाधि भानु नगरपालिका–१ भन्सार युवा परिवारले जितेको छ। फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो।

उपाधिसँगै भन्सारले नगद ५० हजार रूपैयाँ, पदक र प्रमाणपत्र पाएकाे छ भने उपविजेता राइपालीभञ्ज्याङलाई नगद २५ हजार रूपैयाकाे साथमा पदक र प्रमाणपत्र प्रदान गरिएको छ।

यसैबीच खुला महिला फुटबल प्रतियोगिताको उपाधि जयापानी महिला समूहले जितेको छ भने अर्चले महिला समूहले उपविजेतामा चित्त बुझाएको छ।

प्रकाशित: १४ आश्विन २०८२ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App