भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा साउथ अफ्रिकाले उच्च योगफल बनाएको छ। गुहावटीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली साउथ अफ्रिकाले पहिलो इनिङ्समा ४८९ रनको उच्च योगफल तयार पारेको हो ।
भ्रमणकारी टोलीका लागि सेनुरम मुथुसामीले १०९ रन र मार्को जान्सेनले ९३ रन बनाए । त्रिस्तान स्टुब्स् अर्धशतक बनाउन एक रनले चुक्दा काएल भेर्रिन्नेले ४५ र कप्तान टेम्बा बाभुमाले ४१ रन जोडे।
भारतका लागि कुलदीप यादवले ४ तथा रविन्द्र जडेजा, जस्पृत बुमराह र मोहमद सिराजले समान २ विकेट लिए।
आइतबारनै आफ्नो पहिलो इनिङ्स थालेको भारतले दोस्रो दिनको खेलको समाप्तिमा बिना क्षति ९ रन बनाएको छ । क्रिजमा यसस्वी जैशवाल र केएल राहुल छन् ।
दुई खेलको सिरिजमा साउथ अफ्रिका अगाडी छ। १२४ रनको सामान्य लक्ष्य पछ्याएको भारतलाई ९३ रनमा अलआउट गर्दै साउथ अफ्रिकाले सिरिजमा अग्रता बनाएको हो ।
प्रकाशित: ७ मंसिर २०८२ १७:४७ आइतबार





