१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

साइपालको विजयी सुरुआत

साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साइपालले जेभियर इन्टरनेसनल कलेजलाई ८०–१८ को फराकिलो अन्तरले पराजित गर्‍यो। चारै क्वार्टरमा अग्रता लिएको साइपालले क्रमशः १८–१०, २४–४, १९–४ र १९–० को प्रदर्शन गर्‍यो। साइपालकी दिभा महर्जनले ३३ अंक जोडिन्। अर्को खेलमा ग्रान्डी स्टार्सले जित निकाल्यो। ग्रान्डीले ट्रेनिङ ग्राउन्डलाई ४२–३९ को साँघुरो अन्तरले हरायो। ग्रान्डीले पहिलो क्वार्टरमा ६–१५, दोस्रोमा १६–११, तेस्रोमा १०–६ र चौथोमा १०–७ स्कोर गर्‍यो। ग्रान्डीकी रिन्चेन मोक्तानले १० स्कोर गरिन्।

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको यु–१६ मा स्वर्णिमले बौद्ध इन्टरनेसनल स्कुललाई २२–४ ले पाखा लगायो। स्वर्णिमकी हिसी ल्हामुले १० अंक बटुलिन्। प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे। खुला र यु–१६ मा समान ४/४ टोली सहभागी छन्। खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: २० कार्तिक २०८२ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App