२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

साफ यु-२०: नेपाल पहिलो हाफमा बंगलादेशसँग २-० ले पछि

तस्बिर: एन्फा

बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक बंगलादेशसँग पहिलो हाफमा २-० गोलले पछि परेको छ।

घरेलु टोलीले नेपालको रक्षापंक्ति र गोलकिपरको कमजोरीको फाइदा उठाउँदै अग्रता बनाएको हो।

खेलको १४ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। बंगलादेशकी सिना जहान शिखाले जाली चुमाएकी थिइन्।

त्यसपछि खेलमा फर्कने प्रयास गरेको नेपालले बराबरी गर्ने सुन्दर मौका गुमायो। खेलको २९ औं मिनेटमा अनिषा राईले प्रहार गरेको फ्रि-किक क्रसबारमा लागेर फर्किएको थियो।

पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा ३६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो। रिबाउन्डमा सागोरिकाले सहजै गोल गरिन्।

प्रकाशित: २९ असार २०८२ १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App